अहिले सम्मकै महँगो मूल्यमा सुनको कारोबार, तोलाको कति ?

आज साताको छैटौँ दिन शुक्रवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबार तोलाको ७७ हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा ७८ हजार नाघेको छ ।
आज शुक्रवार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महिनाको पहिलो दिन ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने सङ्केत देखिएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्