७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चार मन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

उनले राजीनामा पछि ट्विट गर्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका समेत बताएका छन् ।

अब निवर्तमान सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रकरणमा कसरी कारबाही अघि बढ्ला भन्ने चासो नेपाली राजनीतिमा चासो राख्ने जनमानसमा आएको छ ।

एक तर्फ बाँस्कोटालाई पूर्व सभामुख कृष्ण बहादुर महरालाई जस्तै हिरासतमा लिएर छानबिन प्रक्रिया अघि बढाउनु पर्ने माग रहेको छ भने अर्को तर्फ बाँस्कोटालाई जोगाउन सरकाले नै कदम चलिसकेको स्रोतले जनाएको छ ।

नेपालको कानुनमा कसैलाई हिरासतमा लिन सो व्यक्ति विरुद्ध किटानी जाहेरी प्रहरीमा परेको हुनुपर्छ । बँस्कोटाले नैतीकतको आधारमा भन्दै राजीनामा त दिए तर उनी विरुद्ध अहिले सम्म किटानी जाहेरी परेको भने छैन । अब बाँस्कोटालाई प्रहरीले पक्राउ गर्ला, उनी हिरासतमा पर्लान् वा यसमा अख्तियारले केही कदम चाल्ला र उनलाई कारबाहीको होला भन्ने आधार अहिले सम्म बनेको छैन । यसमा सरकारले छानविन समिति गठन गरेर कारवाही प्रक्रिया अघि बढाउने विकल्प पनि रहेको छ ।

यस्तो अवस्थामा पदको बली चढाएरै मात्र सञ्चार मन्त्री सहजै नउम्किउन्, सरकार पनि उम्काउन तर्फ नलागोस् । घटनाको सत्य तथ्य छानबिन होस् । गल्ती गरेकै भए गर्नेलाई कारबाही होस् । नगरेको भए सफाइ पाउन ।