काठमाडौँ पोस्टका सम्पादकको जागिर गएको कुरा बकवास ?

दी काठमाडौँ पोस्ट अङ्ग्रेजी दैनिकका सम्पादक अनुप काफ्लेको जागिर चटै भएको कुरा साँचो नभएको जानकारी आएको छ ।
मङ्गलवार काठमाडौँ पोस्टले चिनियाँ कम्युनिस्ट नेता माओ सेतुङको तस्बिरमा मास्क लगाइदिएर सम्पादन गरेको समाचारमा आपत्ति जनाउँदै चिनियाँ सञ्चार माध्यमहरूले त्यसको भर्त्सना गरेका थिए ।
फेरी आज चिनियाँ दूतावासले काठमान्डु प्रकाशित सामग्रीलाई लिएर मङ्गलवार जारी गरेको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघेको भन्दै नेपालका विभिन्न सञ्चार माध्यमका १७ जना सम्पादकहरूले बताएका छन्।
उनीहरूले सम्पादक काफ्लेको नामै उल्लेख गरेर धम्की दिने कार्य गरेको भन्दै आपत्ति जनाएका हुन् ।
यसै बिच सोही समाचारमा माओको तस्बिरको गलत प्रयोग गरेको कारण काठमाडौँ पोस्टका सम्पदाका जागिरबाटै निलम्बन भएको कुरा सार्वजनिक भएको छ ।
‘काफ्ले भलै जागिरबाट अलग भएका हुन् तर हिजोको समाचार त्यसको कारण हैन । उनले राजीनामा यस अघि नै बुझाएको र उनी अफैले काठमाडौ पोष्ट छाड्ने योजनामा रहेका छन् ।’ काठमाडौँ पोस्टका एक कर्मचारीले राजधानी न्युजलाई बताए ।
प्रतिक्रिया दिनुहोस्