होला त महराको सांसद पद फिर्ता ?

सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएको कारागारका प्रमुख अरुण पोख्रेलले बताए।
फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवासुविधा लिन महरा वञ्चित थिए।
रिहाईपछि एउटा विज्ञप्ति जारी गर्दै पूर्व सभामुख महराले आफूले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी ‘तथाकथित’ आरोप खेपेको उल्लेख गर्दै आफूलाई सद्भाव र सहानुभूति व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन्।
उनले भनेका छन्, “एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखी नै गौरवपूर्ण रहेको छ र सधैँ रहिरहनेछ।”
सय दिनभन्दा बढी कारागारमा बसेर छुटेका महराले अब कहिले सांसदको रूपमा कामकाज गर्न पाउँछन् त?
संसद् नियमावलीको नियम २४४ बमोजिम सांसद थुनुवा रहेको अवधिभर उक्त व्यवस्था लागु हुने उल्लेख गरिएको छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, “निर्दोष सावित गरेको अदालतको फैसलाको प्रतिलिपि ल्याएको दिनदेखि उहाँले सांसद पदमा रहेर आफ्ना कामकाज गर्न पाउनु हुनेछ।”
अदालतले दोषी ठहर गरेको भएमात्रै सांसद पद स्वत: निलम्बन भएको मानिने नियमावलीको व्यवस्था छ। बीबीसी
प्रतिक्रिया दिनुहोस्