सांसद शान्ता चौधरीले हरेक नेपाली नागरिकले सिंहदरबारको अपनत्व लिन पाउनुपर्ने माग गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा चौधरीले सिंहदरबार प्रवेशका लागि अनिवार्य पास चाहिने नियमले आमजनताले सिंहदरबारप्रति अपनत्व राख्न नसकेको बताइन् ।

‘सिंहदरबार प्रवेशमा अनिवार्य पासको व्यवस्था हटाउन म सरकारसमक्ष माग गर्दछु,’ उनले भनिन् । संघीयता कार्यान्वयन भएपछि गाउँगाउँमा सिंहदरबार पु-याउन सरकार पूर्ण रुपमा सफल नभएको उनको भनाइ छ ।

‘जनस्तरका नागरिकले अझैं पनि काठमाडौंकै सिंहदरबार आउनुपर्ने बाध्यता छ । भित्रबाट पास मगाउने नियम हुँदा सबैले सहजै सेवा पाउन सकेका छैनन्,’ उनले भनिन्, ‘राष्ट्रिय परिचय पत्र हेरेर आवश्यक सुरक्षा जाँच गरेर नागरिकले सिंहदरबार प्रवेश पाउनुपर्छ