लसुन ६५० रुपैयाँ किलो !

चालु आवको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजारको रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौँ।
यहि गति रहे वर्षभरीमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।
कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ।
जबकी २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ प्रतिकिलो थियो। नेपालमा हरेक वर्ष ठूलो परिणाममा लसुन चीन, भारत र अन्य देशबाट आयात हुन्छ।
प्रतिक्रिया दिनुहोस्