नेपालका भरपर्दा बलर चल्न नसकेपछि आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले  हार व्यहोरेको छ।

त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। यो श्रृंखलामा ओमानसँग नेपाल दोस्रोपटक पराजित भएको हो।

नेपाल पहिलोे खेलमा पनि गत बुधबार ओमानसँग १८ रनले पराजित भएको थियो।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो।

आजको खेलमा नेपालका भरपर्दा बलर सन्दीप लामिछाने निकै महगां सावित भए। सन्दीपले १० आभेर बलिङ गर्दा ६५ रन खर्चे। कुनै विकेट लिन सकेनन्।