एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई सुविधायुक्त बनाउन नयाँ वेबसाइट सार्वजनिक गरेको यो वेबसाइटमा बैंकको सेवा सुविधाको विवरण हेर्न चाहनेका लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गरिएको बैंकले जनाएको छ।

वेबसाइट नेपाली भाषामा समेत उपलब्ध छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेका अनुसार वेबसाइटबाट बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ।

बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको पहिचान समेत वेबसाइटबाट गर्न सकिने उनले जनाए।

वेबसाइट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा ‘साथी’ च्याटबट वेबसाइटमै उपलब्ध रहेको जनाइएको छ। वेबसाइटको नाम ‘डब्लूडब्लूडब्लूडटएनआइसीएशियाबैंकडटकम’ रहेको छ।