काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमन ६ विकेटले विजय भएको छ ।

यसअघि अमेरिकाले ओमानलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनायो । अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अक्षय होमराजले ४४ रन बनाए ।

मोनाक पटेलले १९ रन जोड्दा कप्तान सौरभ नेत्राभाल्करले अविजित १४ रन बनाए । ओमानका मोहमद नदीमले ३ विकेट लिए । यस्तै बिलाल खान, इकाब इलास र जिसन मक्सुदले २/२ विकेट लिए ।

ओमनले आफ्नो ६ विकेट गुमाउदै २१४ रनको लक्ष ४९.३ ओभरमा पुरा गरेको हो ।