रवी लामिछानेलाई सफाई

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष ठहरिएका छन्। आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित तीन जनाले नै सफाइ पाएका हुन्। जिल्ला अदालतको चितवनले सफाई गर्ने निर्णय गरेको हो।
गत भदौ ९ गते संचारकर्मी लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको थियो।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको थियो। संचारकर्मी लामिछाने र पत्रकार कँडेलले उच्च अदालत हेटौंडा साधारण तारिकम रिहा हुन उजुरी समेत दिएका थिए।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ।




प्रतिक्रिया दिनुहोस्