राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठे मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको खबर अन्नपूर्णमा छ ।

कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषदले डेपुटी गभर्नर श्रेष्ठ अन्यायमा परेको निष्कर्ष निकालेको छ ।

मन्त्रिपरिषदको यस्तो निर्णयसँगै अन्नपूर्णले अर्थमन्त्रीमाथि नैतिक संकट आइलागेको निष्कर्ष निकालेको छ । ‘यो छानबिन प्रकरणमा कि अर्थमन्त्री सही छन् कि डेपुटी गभर्नर श्रेष्ठ’, अन्नपूर्णले लेखेको छ