देखिएको अर्को खबर पनि कान्तिपुरमा छापिएको छ । स्रोतको हवाला दिँदै लेखिएको समाचार अनुसार पूर्वएमाले समूहका मुख्य नेताहरूसमेत अध्यक्ष प्रचण्डसँग मिलेर आफूविरुद्ध गठबन्धन बनाउन थालेपछि प्रधानमन्त्री दबावमा परेका छन् । ‘सरकारलाई सहज हुने गरी सभामुख पूर्वमाओवादीलाई दिन सकिन्छ भन्ने सोचाइमा प्रधानमन्त्री पुग्नुभएको छ,’ एक नेतालाई कोट गर्दै कान्तिपुरले लेखेको छ ।