पृथ्वी जयन्तीमा राप्रपाको चियापान (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चियापान कार्यक्रमको आयोजना गरेको छ ।
राजधानीको प्रदर्शनीमार्गमा आयोजित चियापान कार्यक्रममा विभिन्न दलका नेता, मन्त्री, कुटनीटिक नियोगका प्रतिनिधिसहित राजावादीहरुको सहभागीता रहेको छ । चियानमा सहभागी हुन आउने निम्तालुलाई अध्यक्ष कमल थापालगायतले स्वागत गरेका थिए ।
पछिल्लो समय सरकारी तहबाट पृथ्वीजयन्त मनाउन छाडिएपछि राप्रपाले भने बवर्षेनी चियान कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्दै मनाउँदै आएको छ ।
देशका विभिन्न ठाउमा पृथ्वी जयन्ती मनाइएका तस्वीरहरु :
वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए । भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्