बौद्धमा गोली चल्यो, गुण्डा नाइके लामा पक्राउ

काठमाडौं । ज्यान मुद्दामा फरार अभियुक्त गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय प्रहरी बृत्त बौद्धबाट असईको नेतृत्वमा खटिएको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीको जम्बुडाँडामा गोली हानेको हो ।
गोली लागेर घाइते सिन्धुपाल्चोक घर भएका लामालाई ट्रमामा उपचारको लागि लगिएको महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ। घाइते लामाको दुवै घुँडामुनि २ गोली लागेको बताइएको छ
पछिल्लो समय लामा जोरपाटीमामहिनाकी बालिकालाई चिर्पट हानेर हत्या गरी फरार थिए । यस्तै जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एक जनालाई खुकुरी हानेर घाइते बनाएको आरोप पनि उनीमाथि छ ।
लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको पनि बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्