प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा

प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने प्रस्ताव पारित भएको छ।
प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णय सर्वसम्मतले पारित गरेको हो।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको बताए। प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबारको बैठकमा एक सय आठ जना मात्रै उपस्थित थिए।
बैठकले राजधानी हेटौंडा राख्ने निर्णय पनि गरेको छ।
हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको थियो। प्रदेशसभामा एक सय १० सांसद भए पनि आइतबार एक सय आठ सांसद उपस्थित थिए। धुलिखेल राजधानी राख्ने विवेकशीलको प्रस्ताव अस्वीकृत भएको छ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए। नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्