कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।चितवनको भरतपुरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछ कि भनेर, तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ,’ कोइरालाले भने ।

सुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन नसकेको उनले बताए