काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र राप्रपा संयुक्तसँग पार्टी एकता नभए महाधिवेशनको तयारी थाल्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् थापाले भने, ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ।

थापाले पार्टीले लिएको सिद्धान्त र विचारले कांग्रेस कम्युनिष्टको विकल्पको रूपमा राप्रपा रहेको छ स्पष्ट भएको बताए। कार्यक्रममा थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए।