पृथ्वी जयन्तीको दिन रुविभ्यालीमा सार्वजनिक विदा

काठमाडौँ । धादिङको रुविभ्याली गाउँपालीकाले पौष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
रुविभ्याली गाउँपालीकाका प्रमुख सेरुङ तामाङको अध्यक्षतामा शनिबार गाउँपालीकाको बैठक बसी पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।
त्यसैगरी बैठकले पृथ्वी जयन्तीको दिन पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । गाउँमा पर्यटन भित्र्याउनका लागी प्रदेश सरकारसंग सहकार्य गरी होमस्टे सञ्चालनका लागी विशेष पहल गरिने निर्णय गरेको उपाध्यक्ष तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्