पोखरा :-  नेपाली महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

१३ औँ साग अन्तर्गत सोमबार स्वर्णका लागि भारतसँग भएको फाइनल खेलमा पराजित भएसँगै प्रशिक्षक खड्काले राजीनामा घोषणा गरेका हुन् । भारतसँग नेपाल २-० गोलले पराजित भएको थियो ।

प्रशिक्षक खड्काले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । साथै उनले नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन् ।