बाँके :-  कोहलपुरमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

स्कुले बालिका गम्भीर घाइते बनेपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गर्दै प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए । प्रहरीले केही राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिन खोजेपनि शान्त नबनेपछि अहिले कोहलपुरमा कर्फ्यु आदेश जारी गरिएको छ ।