साग पुरुष भलिबल : श्रीलंकाको संघर्षलाई चिर्दै भारत फाइनलमा प्रवेश

काठमाडौं, १५ मंसिर :- १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलतर्फ पनि भारतले नै फाइनलमा स्थान बनाएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै स्वर्ण पदकको प्रतिष्पर्धामा आफुलाई उभ्याएको छ ।
भारतले स्वर्ण पदकका लागि चीर प्रतिद्धन्द्धी पाकिस्तान र बंगलादेश विजेतासँग खेल्ने छ । पाकिस्तान समूह बी बाट विजेताको रुपमा र बंगलादेश समूह ए बाट उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
पाकिस्तान र बंगलादेशबीचको खेलको विजेताको टुंगो पनि केही बेरमा लाग्ने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भारतले पहिलो सेट २७-२५ तथा दोस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा भने श्रीलंकाले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
शुरुदेखि भारतमाथि दवाव कायम राखेको श्रीलंकाले २५-२१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । चोथो सेटमा श्रीलंकाले दवाव दिए पनि भारतले २५-२१ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलमा उभिन सफल भयो ।
प्रतिक्रिया दिनुहोस्