दाङ, १५ मंसिर :-   दाङ क्षेत्र नं- ३ (ख) प्रदेशसभा सदस्यका लागि भएकाे उपनिर्वाचनको मत भइरहेकाे छ । प्रारम्भिक नतिजाअनुसरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे अग्रता देखिएकाे छ ।

याे समाचार तयार पार्दासम्म बबई गाउँपालिका वडा नं- १ र २ तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १ को मतगणना सकिएकाे छ । पछिल्लाे अपडेट अनुसार हालसम्म नेकपाकी उम्मेदवार विमला खत्रीले २ हजार ७४३ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका केशव राज शर्माले १ हजार ९३३ मत ल्याएका छन् ।

यसैगरी राप्रपाका भुपाल रावतकाे २१ मत, साझा पार्टीका शिव कुमार चौधरी : ६, राप्रपा संयुक्तका छोटीलाल थारु : १०, नेकपा मालेका हरि प्रसाद डांगी : ३, नेमकिपाका सुरेश परियार : ३ र बदर मत ६६ रहेकाे छ ।