काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आज (आइतबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेकाे सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो।

यस्तै रास्वपा प्रवास विभागको प्रमुखमा सचिवालय सदस्य एवं सांसद दीपक बोहरा नियुक्त भएका छन्। सचिवालय बैठकले बोहरालाई विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि सो विभाग प्रमुखको जिम्मेवारी तत्कालीन उपसभापति डीपी अर्यालले सम्हालिरहेका थिए। उनी सभामुखमा निर्वाचित भएपछि पार्टीबाट अलग हुनपर्ने भएकाले यो पद रिक्त थियो।