अब पढाइ वैशाख २१ बाट
काठमाडौँ- विद्यालयहरूको पठनपाठन २०८३ वैशाख २१ गतेदेखि हुने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सबै स्थानीय तह र विद्यालयहरूलाई परिपत्र गर्दै २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न भनेको हो।
चैत २२ गते मन्त्रिपरिषद्ले शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गरेको थियो। साथै सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयअनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदाअनुसार विद्यालयहृलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ।
केन्द्रले शैक्षिक सत्र २०८३ को कार्ययोजना निर्माण गर्न, वार्षिक कार्यतालिका निर्माण गर्न, शैक्षिणिक योजना निर्माण तथा तयारी गर्न, विद्यालय सुधार योजना निर्माण गर्न तथा अद्यावधिक गर्न, शिक्षकको पेसागत क्षमता विकासका कार्यहरू सञ्चालन गर्न र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न पनि भनेको छ।




प्रतिक्रिया दिनुहोस्