काठमाडौँ- अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले ओलीविरूद्ध अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको हो।

त्यस्तै न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले लेखकमाथि अनुसन्धानका लागि दुई दिन म्याद थप गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा दमन गरेको भन्दै जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।