गगनको राजीनामा अस्वीकृत!
काठमाडौँ- नेपाली कांग्रेसले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने तयार गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने गरी तयारी गरेको एक नेताले बताए।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव गरेका थिए।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ३८ सिटमा खुम्चिएपछि त्यसको जिम्मेवारी लिँदै थापाले बुधबार सभापति पदबाट राजीनामा दिएका थिए।




प्रतिक्रिया दिनुहोस्