काठमाडौँ- बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ चैत १३ गते अर्थात् रामनवमीको दिन लिने भएका छन्। आज (बिहीबार) काठमाडौँको होटल रोयल सिंगीमा भएको शीर्ष नेताहरूको छलफलपछि शपथको टुंगो लागेको हो।

चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम छ। त्यसपछि बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने र प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ (१) बमोजिम दाबी पेस गर्ने बताइएको छ। रास्वपाले १८२ सिट जितेकाले एक्लै बहुमतको सरकार बनाउने भएको हो।