काठमाडौँ- चैत कृष्ण औंसीको दिन बुधबार काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ। काठमाडौँ उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दु:ख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडीखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरू प्रदर्शन गरेको थियो।