काठमाडौँ- गोरखा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले २६ हजार ६६० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय ल्याए। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले मत ११ हजार ७३ ल्याए। नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले ३ हजार ८७ मत ल्याए।

२०७९ को चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेपाल समाजवादी पार्टी (नेसपा) को गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २६ हजार १०९ मत ल्याए विजयी हुँदा बुर्लाकोटीले १२ हजार ६३९ मत ल्याएका थिए।