काठमाडौँ-१ मा रन्जु न्यौपाने निर्वाचित
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने (दर्शना) विजयी भएकी छन्।
उनले कुल १५,४५५ मत प्राप्त गरिन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्रीले ६,३६४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३,९६२ मत, नेकपा एमालेका मोहनराज रेग्मीले १,६१८ मत र नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले २०१ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्