चितवन- पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।

रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गरेकी छन्।

नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी, नेकपा एमालेका शंकर थपलियाले ७४१ मत पाएका छन्।