इरानका सर्वोच्च नेता खामेनी मारिए, ४० दिन सम्म शोक मनाइने
अमेरिकी र इजरायल आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएका पुष्टि भएसँगै मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बीबीसीले लेखेको छ। यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरायली हमलामा परी खामेनी मारिएका सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए। ट्रम्पले ‘इरानी जनता’, ‘अमेरिकी जनता’ र ‘विश्वभरि धेरै मानिसका निम्ति’ ‘न्याय’ भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।
अमेरिका र इजरायलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्