बाँके र सुर्खेतमा एकैदिन कांग्रेसको चुनावी सभा, गगन-विश्व हेलिकप्टरमा पुग्ने
काठमाडौँ- नेपाली कांग्रेसले आज एकैदिन बाँके र सुर्खेतमा चुनावी सभा गर्दैछ। सुर्खेत र बाँकेमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टरमार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।
गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।
कांग्रेसले भोलि फागुन १५ गते रूपन्देहीको बुटवल र कास्कीको पोखरामा चुनावी सभा गर्दैछ भने फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने कांग्रेसको तयारी छ।
कांग्रेसले कोशी र सुदूरपश्चिममा समेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन।




प्रतिक्रिया दिनुहोस्