काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज (मंगलबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपतिसमक्ष चीनका राजदूत चाङ माओमिङ, अस्ट्रेलियाका राजदूत साइमन अर्नष्ट र साउदी अरबका राजदूत फाद मोहम्मद आज्मी मङ्खिरले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उनीहरू आवासीय राजदूत हुन्।

त्यसै गरी राष्ट्रपतिसमक्ष मालदिभ्सका राजदूत आइसाथा अजिमा र तुर्किएका राजदूत अली मुरत इस्र्वेले पनि आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे। उनीहरू नेपालका लागि गैरआवासीय राजदूत हुन्।