एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार देवकोटा प्रतिस्पर्धी अमृत विसीलाई पराजीत गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा मोहनसिहं बडुवाल, सचिबमा डम्बर तिवारी तथा उपसचिवमा टिकाराम सोमै र शुशिला बिश्वकर्मा निर्वाचित भए भने उपाध्यक्षमा ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्मा र उपसचिवमा हरिप्रसाद अधिकारी, गणेशमान खनाल, जयहादुर खड्का, तृप्ति विक र कोकिला सिंह पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्