कोहलपुरमा रहेको त्रिभुवन नमूना विद्यालयका शिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । विद्यालयले ५ जना शिक्षक सहित १ जना कर्मचारी पदपूर्तीका लागि बिज्ञापन खोलेपछि विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरु विद्यालयलाई थप आर्थिक  व्ययभार थप्न र आफू निकटका व्यक्तिहरुलाई जागिर खुवाने कुचेष्टा गरेको भन्दै विरोधमा उत्रिएका हुन् । विरोध स्वरुप विहिवार हातमा कालो पट्टी बाँधेर अध्यापन सञ्चालन गरेका छन् ।


२० औं वर्षदेखि विद्यालयमा कार्यरत आंशिक करार, पूर्णकालिन करार एवम् राहत शिक्षकहरुलाई उपेक्षा गरेर गैर न्यायिक गतिविधीहरु विद्यालयमा सञ्चालन हुनु दुखत कुरा भएको विद्यालयका शिक्षक ज्ञानेश्वर शर्माले प्रतिक्रिया दिएका छन् । हाल विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुको योग्यता र क्षमतालाई प्राथमिकतामा राखेर जिम्मेवारी दिएको खण्डमा एउटा पनि शिक्षक पदपूर्ती गर्न आवश्यक छैन तर पहुँचका आधारमा आपूm अनुकुलका व्यक्तिहरुलाई जागिर खुवाउने ध्ययले नियोजित रुपमा पूर्णकालिन करार शिक्षक दरबन्दी कायम गर्न प्रयासरत विद्यालय प्रशासन र व्यवस्थापन समितिले जुन प्रपञ्च रचेको छ, यस्ता गतिविधी प्रति शिक्षकहरुको गम्भिर असहमति  रहेको जनाएका छन् । विद्यालयका शिक्षकहरुले पूर्णकालिन करार शिक्षकहरु पदपूर्तीका लागि खोलिएको बिज्ञापन र प्रक्रिया स्थगित गर्न शिक्षकहरुले माग गरेका छन् ।
शिक्षकहरुले विद्यालय प्रशासन र  विद्यालय व्यवस्थापन समितिको निर्णयको विरोध जनाउँदै हातमा कालो पट्टी बाँधेर कक्षा सञ्चालन गर्नुको कारणबारे विद्यालयको धारणा के हो भनेर प्रश्न गर्दा विद्यालयकी प्रधानाध्यापक देवका बस्नेतले विद्यालयमा विद्यार्थी संख्या र थप कक्षा सेक्सन अनुसार आवश्यक पर्ने जनशक्ति÷शिक्षक पदपूर्तीका लागि प्रक्रिया शुरु गरिएको बताइन् । विद्यालयमा अध्यापन गराइरहेका ५ जना शिक्षकले शिक्षक सेवा आयोगको परीक्षा पास गरेर स्थायी नियुक्ति बुझेर सम्बन्धित विद्यालयमा गएपछि विद्यालयमा देखिएको शिक्षक अभावलाई परिपूर्ती गर्न बिज्ञापन गरेको बताइन् । यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष रतन बहादुर बुढाले शिक्षा नियमावलीले व्यवस्था नै नगरेको माग राखेपछि नियमावली विपरित आपूm अनुकुलको निर्णय नभएपछि प्रतिशोध साँध्न शिक्षकहरुले राजनीति गर्ने प्रयास गरेको आरोप लगाएका छन् । उनले विद्यालयमा ३२ सय बिद्यार्थी र कुनै कक्षामा ६ वटा सम्म सेक्सन राख्नुपरेकाले आवश्यकता अनुसार शिक्षक पदपूर्तीको प्रक्रिया अगाडी बढाइएको भन्दैे शिक्षकहरुलाई मर्यादिन हुन उनले आग्रह समेत गरे ।
यता शिक्षकहरुका अनुसार हाल विद्यालयमा विद्यालयमा स्थायी, अस्थायी, राहत र करार गरेर ५७  जना शिक्षकहरु कार्यरत छन् । अहिले बिज्ञापन खोलिएका ५ वटै विषयगत शिक्षक पदपूर्तीका लागि योग्य र अनुभवी शिक्षकहरु आंशिक करारमा अध्यापन गराइरहेका छन्, यीमध्येबाटै पदपूर्ती गरेर विद्यालयलाई थप आर्थिक व्ययभारबाट बचाउन पनि आन्दोलित हुनुपरेको शिक्षक लेख बहादुर क्षेत्री बताउँछन् । अहिले विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुलाई पर्याप्त पिरियड नपुगिरहेको अवस्थामा अन्य शिक्षक पदपूर्ती गर्न खोज्नु भनेको आप्mना मान्छेलाई जागिर खुवाउने रणनीतिमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति अगाडी बढेको भन्दै कुनै पनि हालतमा यस्ता गलत गविधी विरुद्व आपूmहरुलाई आन्दोलित हुन बाध्य भएको शिक्षकहरुको भनाई छ ।  २८५ कक्षा पिरियडमध्ये शिक्षकहरुले २७४ कक्षा पिरियडमात्रै पाएको अझै ११ कक्षा पिरियड खाली हुँदा हुँदा पनि विद्यालयमा नयाँ शिक्षक पदपूर्तीको लागि बिज्ञापन खोलिनुले मिलोमतोमा आपूm अनुकुलका मान्छेलाई जागिर खुवाउने प्रपञ्च रचिएको आन्दोलित शिक्षकहरुले जिकिर गरेका छन् । बिसौ वर्षदेखि अध्यापन गराइरहेका शिक्षकहरुको सन्दर्भमा विद्यालय प्रशासन र व्यवस्थापन समिति संवेदनशील नबेसम्म विरोध सहितका कडा आन्दोल गर्ने चेतावनी शिक्षकहरुले दिएका छन् ।