कोहलपुर नगरपालिकाकाे स्थापना दिवस – विद्यार्थीले बचाए लाज
विद्यालयका शिक्षक, विद्यार्थीले बचाइदिए लाज

कोहलपुर डेस्क / कोहलपुर नगरपालिकाले भब्य आयोजनाको तयारीका साथ आयोजित स्थापना दिवस विशेष कार्यक्रमको लाज नगर क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थीले जोगाइदिएका छन् ।

नगरपालिकाको १० औं स्थापना दिवश कार्यक्रमलाई हालसम्मकै भव्य कार्यक्रमका रुपमा सुसम्पन्न गर्न कुनै कसर बाँकी नराखेको नगरपालिकाले आफ्नो स्थापना दिवस कार्यक्रममा नगरवासीहरुको उपस्थिती लगभग शुन्य हुने संकेत पाएपछि हतारमा सार्वजनिक विदा घोषणा गरेर कार्यक्रमको लाज बचाउन कोहलपुर क्षेत्रका विद्यालयहरुका शिक्षक, विद्यार्थी र मातहतका कर्मचारीहरुलाई सरकारी/ औपचारिक पोषाकमा अनिवार्य रुपमा उपस्थित हुन सूचना नै जारी गरिएको थियो ।

भव्य ताम झाम सहित आयोजित कार्यक्रममा स्थानिय सरकार र जनता (नगरवासी) बीच आवश्यक समन्वय गर्दै सेतुको भूमिका निर्वाह गर्ने टोल विकास संस्थानका पदाधिकारीको उपस्थिती समेत लगभग शुन्य देखिन्थ्यो । विशेष महत्वका साथ उत्सवका रुपमा लिइने स्थापना दिवसको कार्यक्रमको फितलो व्यवस्थापन र नगरवासीको शुन्य उपस्थिती देखिएपछि कार्यक्रमको उपलब्धीबारे प्रश्न चिन्ह खडा भएको छ ।

मुलधारको पत्रकारिता बिचलित पार्न उद्धत देखियो कोहलपुर नगरपालिका
प्रायः विषयमा विवादित बन्दै गइरहेको नगरपालिका मुलधारको पत्रकारीता विचचित गर्न उद्धत देखिएको कोहलपुर क्षेत्रका क्रियाशील पत्रकारहरुको आक्रोश व्यक्त गरेका छन् । स्थापना दिवसको अवशरमा नगद राशी सहित पुरस्कृत गरिएका क्रियाशील पत्रकारहरुको सन्दर्भमा श्रमजिवी पत्रकारहरुको हकमा प्रशसंनिय कार्यलाई निरन्तरता दिएको भन्दै नगर क्षेत्रका सञ्चारकर्मी पत्रकारहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर संख्यालाई आधार मानेर सकारात्मक समाचार लेख्ने पत्रकार सञ्चारकर्मीलाई पुरस्कृत गरिदा नकारात्मक सन्देश प्रवाह भएको आम पत्रकारहरुको बुझाई रहेको छ । भोलीका दिनमा जनप्रतिनिधीहरुको गलत र अर्मयादित गतिविधीहरुलाई मिडियामा आउनबाट रोक्न नगर प्रमुख लगाएतका जनप्रतिनिधीहरुको मनशुभा देखिएको आम पत्रकारको भनाई छ । यहाँसम्म कि मुलधारभन्दा वाहिरका युट्युब च्यानल र फेसबुक पेज सञ्चालन गर्दै आइरहेका गैर पत्रकारलाई समेत सम्बन्ध र निकटताका आधारमा पुरस्कृत गरिएको भन्दै पत्रकारीताको मुलधार नै विचलित पार्ने प्रयासमा नगरपालिका उद्धत देखिएकाले तत्काल यस्ता अर्मयादित गतिविधी रोकेर पत्रकारीको संस्थागत विकासमा अहम् भूमिका निर्वाह गर्न आम पत्रकार सञ्चारकर्मीहरुले आग्रह गरेका छन् ।
संघ देखि प्रदेश सभा सदस्यहरुको कर्मकाण्डी प्रतिबद्वता
कार्यक्रमको प्रमुख अतिथीका रुपमा आमन्त्रण गरिएका बाँके क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य किशोर सिहं राठौर कार्यक्रमका विशिष्ट अतिथीहरु क्रमशः लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी, सञ्जु चौधरी र बसन्ती अधिकारीले कोहलपुरको समुन्नत विकासमा कुनै कसर बाँकी नराखेर आवश्यक पहल तथा निर्णयहरु कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रतिनिधी सभा सदस्य राठौरले आपूm बाँके र बर्दियाको समुन्नत विकासका सन्दर्भमा संवेदनशील रहेको बताउँदै युवा नेतृत्वको कोहलपुर नगरपालिका शुसाशन र भौतिक विकासमा अघि देखिएको धारणा राखे । तर जिल्ला भरमा सबैभन्दा बढि बेरुजु देखिएको कोहलपुर नगरपालिकालाई शुसाशनमैत्री नगरपालिकाको संज्ञा दिँदै प्रदेश सभा सदस्यहरुले कर्मकाण्डी प्रतिबद्वता व्यक्त गरेका थिए ।

नगरपालिका स्थापना दिवसमा अलमल्ल ः चार दिनदेखि दिउँसै सडक बत्ती झलमल्ल

प्रतिष्ठाको रुपमा लिँदै नगरपालिकाले १० औं स्थापना दिवसको भव्य आयोजनामामा केहिदिन देखि अलमल्ल देखिएको नगरपालिका विगत ४ दिनदेखि कोहलपुर पीपलतचौतारा देखि विद्यानगर प्रवेश सडकसम्मका सडक बत्तीहरु चौबिसै घण्टा झलमल्ल बलिरहदा पनि देखे नदेखेको झै गरिरहेको छ । यति लामो दिनसम्म सडक बत्ती दिउँसै बलिरहेको ज्ञात हुँदा हुँदै पनि किन नगरपालिका गैर जिम्मेवार बनिरहेको छ, प्राविधिक त्रुटी भए मर्मत तत्काल गर्नुपर्नेमा स्थानियहरुले आवाज उठाउन थालेका छन् । गर्मिको समयमा विद्युत आपूर्तीमा समस्या मात्र नभई महशुल समेत अस्वभाविक रुपमा बढ्ने हुँदा तत्काल सडक बत्तीको विषयमा नगरपालिकालाई संवेदनशील बन्न स्थानियहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्