काठमाडौं । तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज (मंगलबार) निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।