अमेरिकाको अर्को बैंक डुब्यो, सबै सम्पत्ति जेपी मार्गन चेस बैंकले किन्यो

काठडमाडौं
अमेरिकाको ८ वटा राज्यमा फस्ट रिपब्लिक बैंकको ८४ वटा शाखा सोमबार जेपी मार्गनलको चेस बैंकको शाखाहरुको रुपमा खुल्ने बताइएको छ । सेन फ्रान्सिस्कोस्थित बैंक दुई महिना देखी धरासायी अवस्थामा गइरहेको थियो ।
अमेरिकाको अर्को बैंक फस्ट रिपब्लिक बैंक डुबेको छ । अमेरिकाको जेपी मार्गन चेक बैंकले संकटग्रस्त अवस्थामा रहेको फस्ट रिपब्लिक बैंकलाई किनेको हो । बैंकको सम्पूर्ण सम्पत्तिहरु मार्गनले लिएको कुरा फेडरल डिपोजिट इन्सोरेन्स कर्पोशन (एफडीआइसी) ले जनाएको छ ।
एफडीआइसीले सोमबार कैलिफोर्नियास्थित रहेको फस्ट रिपब्लिक बैंक समेत बन्द गर्न र जेपी मार्गन चेस बैंकले सबै जमा पुँजी र सम्पत्ति जिम्मा लिएको हो ।
अमेरिकाको ८ वटा राज्यमा फस्ट रिपब्लिक बैंकको ८४ वटा शाखा सोमबार जेपी मार्गनलको चेस बैंकको शाखाहरुको रुपमा खुल्ने बताइएको छ । सेन फ्रान्सिस्कोस्थित बैंक दुई महिना देखी धरासायी अवस्थामा गइरहेकाे थियो ।
अमेरिकी नियामकले आपतकिालन हस्तक्षेप गर्दै जेपी मार्गन चेस एण्ड कम्पनीले संकटग्रस्त बैंकलाई किनेको बताइएको छ । फस्ट रिपब्लिक बैंकले ब्लायालेन्स सिटमा भएको गडबढीलाई मिलाउन सकिरहेको थिएन । बैंकका जम्मा गर्ने अधिकांश जमापुजी कर्ताहरुले आफ्नो जमा पुँजी निकालि सकेका थिए । फस्ट रिपब्लिक बैंकलाई करिब १७३ विलियन अमेरिकी डलरको ऋण र ३० विलियन अमेरिकी डलर सेक्युरिटी तथा ९२ विलियन डलरको जमा रकम समेत समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्