काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन्।

भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनमा विजयी भएकोमा लामिछानेलाई बधाई दिएका थिए।

नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिए पछि उनी पुनः उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए।

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ। बैठक अघि रवि र प्रधानमन्त्री प्रचण्डको यस भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ।

प्रचण्ड रास्वपालाई फेरि सरकारमा सहभागी गराउन लागि परेका छन् भने रास्वपाले यस विषयमा कुनै निष्कर्ष निकालेको छैन। (उकेरा)