काठमाडौं । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बैशाख ८ गते बाँके क्षेत्र नं १ नरैनापुर गाउँपालिकाको १२ वटा घरमा आगलागी भएको कुरा आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको हो ।

ढकालले नरैनापुरको १२ वटा घर सँगै पशुचौपाय लगाएत भाँडाकुडा जलेर नष्ट हुँदा करिब २५ लाख भन्दा बढीको क्षति भएको बताउनुभएको छ ।

उहाँले अग्नि पिडितहरुलाई राहत उपलब्ध गराउन सभामुख मार्फत नेपाल सरकारलाई माग गर्नुभएको छ ।

त्यसैगरी क्षेत्र नं १ राप्तीसोनारी गाउँपालिकाको ६ र ७ नम्बर वडा फत्तेपुरमा गएको हिउँदे बाढीबाट तटबन्धन भासिएको छ । उक्त तटबन्धनलाई निर्माण तथा व्यवस्थापन गर्न पटक पटक यही सभामा राख्दै आइरहेको छु र साथै तटबन्धनको व्यवस्थापन नगरिए आफु यसै सदनमा अनशन बस्नुभन्दा अर्को विकल्प नभएको बताउनुभएको छ ।