काठमाडौं डेस्क
सुडान अहिले गृहयुद्धको चपेटामा रहेको छ । गृहयुद्धमा हालसम्म ४१३ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
सुडानको सेना र अर्धसैनिक रेपिड सपोर्ट फोर्स (आरएसएफ) बीच भैरहेको युद्धका कारण धेरै आम सर्वसाधारण चपेटामा परेका छन् । विश्व स्वास्थ्य संगठनले ९ भन्दा बढी बालबालिकाको मृत्यु तथा ५० भन्दा बढि संख्यामा गम्भिर घाइते भएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गरेट हेरिसले संयुक्त राष्ट्रको पत्रकार सम्मेलनमा सुडान सरकारको अनुसार ४१३ को मृत्यु भएको छ भने ३५५१ घाइते भएको जनाएको छ ।
विभिन्न देशहरुका आफ्ना नागरिकहरु फसेका छन् । भारत तथा युरोपेली देशहरुले आफ्ना नागरिकको उद्दारका लागि विमानको व्यवस्था गर्दै आइरहेको छ । भारतले साउदी अरबमा आफ्नो विमानलाई उद्दारका लागि तयारी अवस्थामा राखेको भारतीय मिडियाले जनाएका छन् ।

गृहयुद्धका कारण धेरै अस्पतालका तथा क्लिनिकहरु बन्द भएका छन् । अस्पतालका तथा क्लिनिहरुमा ११ पटक भन्दा बढी आक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सुडानको स्वास्थ्य मन्त्रालयको अनुसार २० भन्दा अस्पताल बन्द भएको जनाएको छ ।

यता युनिसेफका प्रवक्ताले सुडानको हालतमा सुधार आएन भने धेरैको ज्यान खतरामा रहेको साथै ५० हजार भन्दा बढीको संख्यामा बालबालिकाहरुको जीवन खतरामा रहेको बताएका छन् ।
देशकै शासन सत्ता कब्जा गर्नका कारण सुडान सेना र अर्धसैनिक बल बीच युद्ध भएको हो ।