काठमाडौँ । सामना फिल्मस् प्रालिद्वारा निर्मित “काँडेतार” चलचित्रको चाँडै प्रदर्शन हुने भएको छ ।

चलचित्र विकास वोर्डले सेन्सर मिति वैशाख ११ गते तोकेपछि शिघ्र प्रदर्शनको समय आएको निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिएका छन् ।

नवल खड्का र शिवम् अधिकारीबाट लेखिएको चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ । यो एक देशभक्तिपूर्ण चलचित्र हो साथै मनोरञ्जनात्मक समेत छ ।

विषय र प्राविधिक हिसावले अब्बल रहेको दाबी गरिएको चलचित्र काँडेतारको प्रदर्शन मिति सेन्सर सकिनेबित्तिकै हुने भएको हो ।