काठमाडौं
जम्मू र कश्मीरको भिमबर गलि र पूँछ जाने भारतीय सेनाको गाडीमा विहिबार अज्ञात आतंकवादीहरुले आक्रमण गरी पाँच सैनिक मारिएका छन् ।

भारतीय सेनाले घटनाको विवरण प्रकाशित गर्दै आतंकवादीहरुले गाडीमा गोली चलाउँदै ग्रेनेड समेत प्रयोग गरिएको बताइएको छ ।

आफ्नो विवरणमा सैन्यले थप भनेको छ कि “आज अज्ञात आतंकवादीहरुले जम्मू र कश्मीरको राजौरी क्षेत्रमा भिमबर गलि र पूँछको बीच भारी बर्षाको र भिजिविलिटी कम भएको अवस्थामा भारतीय सेनाको गाडीमा आक्रमण गरेका हुन् ।

मृतक सैनिकहरु आतंकवादिको विरुद्ध विशेषको लागि राष्ट्रिय राइफल्स काउन्टरटेररका तालिममा रहेको बताइएको छ । यस घटनालाई भारतीय सेनाका जेनरल मनोज पाण्डेयले रक्षा मन्त्रालयका मन्त्री राजनाथ सिंहलाई विस्तृत रुपमा जानकारी गराइएको बताइएको छ ।