एजेन्सी
बुधबार यमनको राजधानी सना शहरमा आर्थिक सहयोगको लागि ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।

रमजानको अन्तिम दिनमा जग्गाबाट संग्रह गरेको केही आर्थिक सहयोग बाड्ने कार्यक्रममा भगदौड भएपछि ८५ भन्दा बढी मानिसहरुको मृत्यु भएको छ । ३२२ भन्दा बढी मानिसहरु घाइते भएका छन् । घाइते मानिसहरुमध्ये १३ जना गम्भीर अवस्थामा छन् ।

हूती सेनाले भीडलाई काबू गर्नको लागि फायरिंग गरेको थियो । फायरिंगबाट बिजुलीको तारमा विस्फोट हुँदा मानिसहरु यत्रतत्र भाग्न शुरु गरेका थिए । भागाभागमा मानिसहरु कुल्चिदैं गए । दुई दिन पछि ईद आउने भएकाले मानिसहरु आर्थिक सहयोग लिनका लागि आएका थिए ।

आर्थिक सहयोग लिनका लागि पनि लाइनमा बस्नु पर्ने बाध्यता थियो । शहरमा २ कि.मी लामो लाइन भैसकेको थियो । आर्थिक सहयोग लिनका लागि विभिन्न स्थानहरुबाट वितरण गरिएको थियो र त्यसबाट मानिसहरु छिटो पुग्न चाहेका थिए ।

यमन मिडियाका अनुसार घटनाको समयमा कति मानिसहरु थिए त्यसको अनुमान लाग्न सकेको छैन । जहाँ आर्थिक सहयोग दिइएको थियो, त्यो एक सानो सडक थियो । लाइन लगाउने मानिसहरु दुई किलोमिटर देखि लामो लाइनमा थिए ।