फोहोरले कुरुप बन्दै खजुरा गाउँपालिका

खजुरा\पछिल्लो समय खजुरा गाउँपालिकाको मुख्य बजार फोहरले कुरुप बनेको देख्न सकिन्छ ।
खजुराको किरन नाला देखि धनौली प्रहरी चौकी सम्मको बजार क्षेत्रमा अव्यवस्थित फोहोर विर्सजन गर्ने क्षेत्र बनेको छ ।
बजारमा फूल तथा विरुवा रोप्नका लागि बनाईएको सडक डिभाइडरमा समेत स्थानीयहरुले फोहर विर्सजन गर्ने गरेको पाईएको हो । खजुरा गाउँपालिका वडा नं.३ र ४ मा पर्ने मुख्य बजार क्षेत्रमा कुनै पनि पसल अगाडी फोहर व्यवस्थापनका लागि डस्टविनहरु नभएकाले फोहर व्यवस्थापनमा समस्या देखिएको आशा परियारको भनाइ छ ।
त्यसैगरि खजुरा बजार क्षेत्रमा अर्को मुख्य चुनौती भनेको ढल व्यवस्थापन देखिएको छ । निकास नभएका ढल निमार्ण तथा स्थानियहरुको लापर्वाहीले गर्दा खजुरा बजार वर्षायममा फोहरपानीले जलमग्न हुने गर्छ । फोहोर तथा ढल व्यवस्थापनमा खजुरा गाउँपालिकाले हाल सम्म कुनै परिणामुखी कार्य गरेको पाइएको छैन ।
खजुरा बजार क्षेत्रको फोहोर व्यवस्थापन तथा ढल निकासका लागि स्थानीय सरकारले तत्काल काम गर्न आवश्यक रहेको बाँके क्षेत्र नं. ३ (क) बाट निर्वाचित लुम्बिनी प्रदेश माननिय रत्न खत्रीले बताएका छन ।
खत्रीले फोहोर व्यवस्थापन गर्न वडा सरकार र पालिका सरकारले तत्काल पहल गर्न आवश्यक छ उनले भनेका छन। सांसद खत्रीले बजारको मात्र नभएर गाउँपालिकाको विकासका लागि प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको समेत बताएका छन।
खजुरा गाउँपालिकाको गाउँसभाले फोहर व्यव्साथपनका लागि ट्याक्टर खरिद गर्ने निर्णय पारित गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत नेपराज उपाध्ययले जानकारी गराएका छन। उनले फोहर मैला व्यवस्थापनका लागि वडा नं ६, जनता सामुदायिक वन नजिकै ल्यन्डफिल्ड साइट बन्दै गरेको समेत बताएका छन।
ढल व्यवस्थापनका लागि सडक निमार्ण व्यवसयीले सरसफाई गर्ने प्रतिवद्धता जनाएका छन। ‘ यदि समयमा निमार्ण व्यवसयीले सरसफाई गर्न नसकेको खण्डमा गाउँपालिकाले वर्षा लाग्नु अगावै सम्पूर्ण ढल सरसफाई गर्ने छ प्रमुख प्रशाकीय अधिकृत उपाध्यायले भनेका छन।
त्यसै गरी खजुरा गाउँपालिका वडा नं ३ वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले खजुरा बजारको सुन्दरतालाई कायम राख्न हाइमास सडक बत्ती जडान गर्ने भएका छौँ। त्यसका लागि आवश्यक रकमको व्यवस्थापन गरिएको छ ।फोहोर व्यवस्थापनका लागि सर्व प्रथम हामीले वडाहरुका सबै टोलहरुमा जनचेतनाका कार्यक्रम गर्ने योजनामा छौं भण्डारीले भनेका छन।’ सडक निमार्ण गर्ने कम्पनीहरुले सडक निमार्णमा ढिला सुस्ती गर्दा बजार तथा बजारबाट उत्पादित फोहरमैला व्यवस्थापनमा समेत कठिनाइ भएको समेत भण्डारीको आरोप छ । फोहोरमैला तथा ढल व्यवस्थापनका विषयमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक सँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेका छैनन। खजुरा गाउँपालिकालाई नमुना गाउँपालिका तथा बाँके जिल्लाकै उदाहरणीय पालिका बनाउने सपना लिएको अवस्थामा यदि फोहर मैला तथा ढलको उचित व्यवस्थापन गर्न सके एक कोसे ढुंगो सावित हुने छ ।
प्रतिक्रिया दिनुहोस्