काेहलपुर / विमान दुर्घटना परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पाैडेलकाे स्मृतिमा काेहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले शुक्रबार १३औं दिनकाे पुण्यतिथिकाे अवसरमा बाँकेकाे काेहलपुरमा श्रद्धाञ्जली सभा आयाेजना गरेकाे थियाे ।

यहि माघ १ गते पाेखरामा भएकाे विमान दुर्घटनामा पत्रकार पाैडेल सहित ७२ जनाकाे मृत्यु भएकाे थियाे । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाैडेलकाे स्मृतीमा शुक्रबार देशैभर श्रद्धाञ्जली सभा आयाेजना गरीएकाे थियाे । केन्द्रीय समितीकाे सर्कुलर अनुसार माघ १ गते जिल्ला शाखामा शाेक पुस्तिका समेत राखिएकाे प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले जानकारी दिए ।

पाैडेलकाे सम्मानमा जिल्ला शाखाले १३ दिनसम्म कुनै औपचारीक कार्यक्रम नगरेकाे बताउँदै धितालले १३औं दिनकाे अवसरमा शुक्रबार औपचारीक कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरीएकाे जानकारी दिए । पाैडेलकाे निधनले पत्रकारीता क्षेत्रमा ठुलाे क्षति पुगेकाे उनकाे भनाई थियाे ।