कोहलपुर \बाँकेको कोहलपुरमा एक जना पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मंगलवार राती बढैयाताल ४ का २८ वर्षीय जगेन्द्र चौधरी कोहलपुरको हाइस्कुल चोकको पश्चिमपट्टि झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाउने तयारी गरिरहेको छ । प्रहरीले पोष्टमार्टम पश्चात नै सबै कुरा पत्ता लाग्ने जानकारी दिएको छ ।