बाँके\ जिल्लामा पछिल्लो समय दादुराको प्रकोप नियन्त्रण तथा रोक्थामको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई बाँके १ का सांसद सुर्य ढकालले आग्रह  गरेका छन।

ढकालले स्वास्थ्यमन्त्री गिरीसामु जिल्लाको पछिल्लो अवस्था बारे समेत जानकारी गराएका छन। स्वास्थ्य सेवा विस्तारका लागि भौतिक पूर्वाधार निमार्ण जनशक्ति व्यवस्थापन , जनचेता अभिबृद्धिका लागि बजेटको समेत ब्यवस्थापन गर्न आग्रह गरिएको सांसद ढकालको सचिवालयले जनाएको छ ।

पछिल्लो समय बाँके जिल्लाको   नेपालगञ्जमा १८९ जनामा संक्रमण देखिएको छ ।मंगलबार साँझ पाँच बजेसम्मको तथ्याँक अनुसार नेपालगञ्जको वडा नं ५ र १२ मा एक एक जना गरी १८९ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराएका छन।

उनका अनुसार सोमबार नरैनापुरका २ जनामा देखिएको संक्रमण मंगलबार बढेर संक्रमितको संख्या १३ पुगेको छ ।  नरैनापुरको वडा नं २ मा मंगलबार १२ जनामा संक्रमण देखिएको हो । खजुरा गाउँपालिमा ३, कोहलपुरमा २ गरी हाल जिल्लामा २ सय ९ जनामा संक्रमण देखिएको फोकल पर्सन श्रेष्ठले भनेका छन।

जिल्लामा हालसम्म संक्रमित भएकामध्ये १५० जना निको भएका छन् । ५८ जना घरमा आइसोलेशनमा बसेका छन् । यसै क्रममा दादुरा रुवेलाबिरुद्ध शुरु गरिएको खोप अभियान पनि लक्ष्य नजिक पुग्दै गएको छ ।

खोप अभियानमार्फत नेपालगञ्जका ३१ हजार ४२ जनालाई खोप दिइएको छ । मंगलबारमात्रै नेपालगञ्जका ९ सय ३२ जनालाई खोप दिइएको नेपालगञ्जका खोप फोकल पर्सन जागेश्वर बस्नेतले जानकारी जनाएका छन।

बाँकेको खजुरामा ५ हजार ९ सय ७४ जनालाई खोपको मात्रा प्रदान गरिएको छ । खोप फोकल पर्सन श्रेष्ठका अनुसार लक्षित समूहमध्ये नेपालगञ्जका ११ हजार ९ सय ६८ जना र खजुराका १२ हजार ४ सय ८५ जनालाई खोप लगाउन बाँकी रहेको छ । उनीहरुलाई लक्षित गरेर बुधबारदेखि खोप अभियान संचालन हुँदैछ ।

यस्तै दादुरा संक्रमणको महामारीलाई नियन्त्रण गर्न आवश्यक रहेको खोपको अभाव हुन नदिन निरन्तर खोप आपूृर्ति भइरहेको छ । मगलबार मात्रै प्रदेश स्वास्थ्य आपूृर्ति केन्द्रबाट २४ हजार डोप खोप प्राप्त भएको  भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म जिल्लामा आपूर्ति भएको ७० हजार ५ सय डोज खोपमध्ये ३३ हजार ३ सय डोज खोप मौज्दात रहेको छ ।