बाँके\पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ। 

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश– १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश–१, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभाग बताउँछ। 

वर्षा, हिमपात र शीतलहरका कारण तापक्रम घट्दै जाँदा चिसो बढेको छ। शीतलहरका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ।